अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच सम्झौता «

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

इसेवा मनि ट्रान्सफर र यूएईको अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ । यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरुले ‘अलफर्दान एक्सचेन्ज’का ६५ वटा शाखाहरुबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।
नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवा वालेट एपमार्पmत पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने बताइएको छ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्पmबाट पूर्व प्रमुखकार्यकारी अधिकृत ओसामाअल राहमाले हस्ताक्षर गरे ।
इसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नुे उद्देश्य रहेको इसेवामनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्