चन्द्रमामा १ लाख भन्दा बढी क्रेटरको खोज «

चन्द्रमामा १ लाख भन्दा बढी क्रेटरको खोज

बेइजिङ-हालै चीनद्वारा चन्द्रमामा पठाइएको अन्तरिक्ष यानले अपेक्षा भन्दा बढी सरकारात्मक परिणाम दिएको छ । चन्द्रमा पुरातनकालदेखिनै मानिसका लागि आकर्षणको केन्द्र रहदै आएको छ । हाल आएर भने आधुनिक प्रविधिको माध्यमबाट चन्द्रमालाई लिएर नयाँ खोज गरिएको छ । वैज्ञानिकको एक अन्तर्राष्ट्रिय टीमले चन्द्रमामा १ लाख ९ हजार प्रभावि क्रेटर्सको पहिचान गरेको छ । चन्द्रमामा रहेका यी सबै क्रेटर्सको पहिचान वैज्ञानिकले मेसिन लर्निङ तरिकाबाट गरेका हुन् । यो भन्दा पहिले यी क्रेटर्सको खोजी गरिएको थिएन । यो अध्ययन जिलिन विश्वविद्यालयका शोधकर्ताको नेतृत्वमा गरिएको हो ।
नेचर पत्रिकामा प्रकाशित
नेचर पत्रिकाका अनुसार प्रभावी क्रेटर्स गोलो घेरा लागेको जस्तो विशाल कुण्डको देखिन्छ । परम्परागत अटोमेटिक आइडेन्टिफिकेशन तरिकाबाट गंभीर प्रभावी खालका क्रेटर्स पत्ता लगाउन मुश्किल पर्छ । यही कारण वैज्ञानिकले यसका लागि अर्को विधिको प्रयोग गरे र उनीहरुलाई सफलता पनि मिलेको छ ।
क्रेटर्सको व्यास ८ किमी भन्दा पनि बढी
चन्द्रमामा प्रभावि क्रेटर्सको पहिचान गर्न र यसको आयु पत्ता लगाउनका लागि वैज्ञानिकले ट्रान्सफर लर्निङ विधिको प्रयोग गरेका थिए । पहिलेनै पहिचान गरिएको क्रेटर्सको आंकडाका साथ नयाँ क्रेटर्सको आंकडाको अनुमान लगाइएको हो । वैज्ञानिकले आफ्नो अध्ययनमा चीनको चांग–१ र चांग–२ चन्द्रयानको आंकडाको पनि प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्