२०२१ को मार्चमा भारतमा नयाँ रोजगार सर्वेक्षण सुरु हुने «

२०२१ को मार्चमा भारतमा नयाँ रोजगार सर्वेक्षण सुरु हुने

नयाँ दिल्ली-भारत सरकारले आगामी वर्षको मार्चमा नयाँ रोजगार सर्वेक्षण गर्ने भएको छ । यो सर्वेक्षणको नतिजा प्रत्येक तीन–तीन महिनामा आइरहने छ । नयाँ सर्वेक्षणले देशमा रोजागारी र बेरोजगारीको अधिकतम सही तस्बिर प्रस्तुत गर्नेछ ।
विद्यमान सर्वेक्षणमा औपचारिक क्षेत्रको ती संस्थाहरुलाई समावेश गरिनेछ जसमा १० भन्दा बढी व्यक्ति काम गरिरहेका हुनेछन् । नयाँ सर्वेक्षणमा १० भन्दा कम व्यक्ति काम गरिरहेका अनौपचारिक क्षेत्रलाई पनि समावेश गरिने छ । यसले गर्दा सर्वेक्षणको नमुना १० गुणाले बढ्ने छ ।
नयाँ सर्वेक्षणमा दुई विद्यमान सर्वेक्षणलाई पनि एकिकृत गरिने छ । दुवै विद्यमान सर्वेक्षणमा त्रैमासिक रोजगारी सर्वेक्षण र एरिया इस्ट्याबलिसमेन्ट सर्वेक्षण छन् ।

प्रतिक्रिया दिनुहोस्