पर्यटन प्रवद्र्धनमा वीरगन्ज र सौराहबीच सहकार्य «

पर्यटन प्रवद्र्धनमा वीरगन्ज र सौराहबीच सहकार्य

पुस-कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्न वीरगन्ज र सौराहका पर्यटन व्यवसायीहरु सहकार्य गर्न तयार भएका छन् । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीहरु आन्तरिक पर्यटन प्रर्वद्धनका लागि ‘घुमौं सौराहा’ अभियान लिएर देश दौडाहामा रहेका क्षेत्रीय होटल संघ चितवनका टोलीले वीरगन्जमा आयोजना गरेको अन्तरक्रियामा वीरगन्ज र सौराहबीच पर्यटन प्रवद्र्धन गर्न एकअर्काको परिपूरक बन्न सक्ने भन्दै सहकार्य गर्न तयार भएका हुन् । आन्तरिक पर्यटकलाई आर्कषित गर्न उनीहरुले प्रदेश १ देखि सुरु गरेको ‘घुमौं सौराहा’ अभियान प्रदेश–२ को जनकपुर हुँदै वीरगन्ज आइपुगेको हो ।
क्षेत्रिय होटल संघ नेपाल चितवनको आयोजनामा ‘घुमौं सौराहा’ अभियानले वीरगन्जमा आएर सौराहा आउन निम्तो दिएका छन् । पुस १० गते प्रदेश १ को धरान पुगेको टोली विराटनगर, प्रदेश–२ को जनकपुर, बर्दिबास र वीरगञ्जमा आएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए । होटलमा २० देखि ४० प्रतिशत छुटको प्याकेजसहित व्यवसायी देश दौडाहामा निस्किएको उनले बताए । होटल तथा पर्यटन व्यवसायी, स्थानीय जनप्रतिनिधिसहितको टोलीले वीरगन्जमा होटल तथा पर्यटन व्यवसायी, उद्योगी, ट्राभल एण्ड टुर्सका प्रतिनिधिलगायत सरोकारवालालाई भेटेर सौराहा आउन आग्रह गरेका हुन् ।
कार्यक्रममा वीरगञ्जदेखि सौराहा पर्यटकीय बस सेवा सञ्चालन गर्ने प्रस्ताव गरिएपछि त्यसको आवश्यक तयारी थाल्न दुवै तर्फका सरोकारवाला सहमत भएका छन् । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले एक जना पर्यटक नेपाल आउँदा दुई जनाले रोजगारी पाउने बताउँदै चीनको अर्थतन्त्रमा आन्तरिक पर्यटनको महत्वपूर्ण भूमिका हुने बताए । उनले वीरगन्ज र सौराहसम्म बस सेवा सञ्चालन गर्ने प्रस्तावमा आपूm सकारात्म रहेको बताए ।
उनले वीरगन्ज र सौराहबीच विगत लामो समयदेखि सौहार्द सम्बन्ध रहेको बताउँदै यहाँको पर्यटन विकासमा रत्ननगरसँग भगिनी सम्बन्ध कायम गरेर सहकार्य गर्न वीरगन्ज तयार रहेको बताए ।
रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बमले आन्तरिक पर्यटन चलायमान गराउन सके व्यवसायी होटल तथा पर्यटन व्यवसायबाट पलायन हुन नपर्ने र त्यसले स्थानीय स्तरमा रोजगारीको सृजना गरेर स्थानीय विकासमा समेत टेवा पुग्ने बताए । कोरोना महामारीका कारण थलिएको होटल तथा पर्यटन व्यवसायलाई माथि उकास्न नाका खुल्नुपर्नेमा जोड दिएका छन् ।
वीरगञ्जबाट नै देशभर पर्यटक जाने भएपनि नाका हुँदै भारतीय पर्यटकलाई आउन रोक लाग्दा व्यवसायले गति लिन नसकेको वक्ताहरुको ठहर छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटकहरुप्रति नै बढी निर्भर रहेकोले भारतीय पर्यटकलाई पनि आन्तरिक पर्यटकलाई जस्तै व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले सौराहमा स्तरीय क्याटरिङ र टेण्टहरुको सुविधा नहुँदा धेरै कार्यक्रमहरु आयोजना गर्न समस्या भएको बताउँदै त्यसमा लगानी गर्न समेत सुझाव दिए ।
भिजिट मधेस नेपालका संयोजक ओमप्रकाश सर्राफले सांस्कृतिक आदान प्रदानमार्फत पर्यटकलाई तान्न सकिने बताए । भारतीय पर्यटकहरु मुख्य नाका वीरगन्ज नै रहेकोले अहिले कोरोना महामारीका कारण बन्द रहेको नाका खोल्नुपर्छ भनेर बोल्दा वीरगञ्ज बदनाम मात्रै हुने त्यसको लाभ भने सबैले भएकोले नाका खोलाउन चौतर्फी दबाव दिनुपर्ने धारणा राखे । यस्तै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले औपचारिक रुपमा अन्तर्राष्ट्रिय सीमा नाका नखुलेसम्म पर्यटन क्षेत्रले गति नलिने बताए ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले ३० प्रतिशतको हाराहारीमा रहेको आन्तरिक पर्यटकलाई अभियानको मार्फत ५०÷६० प्रतिशतमा पु-याउने लक्ष्य रहेको बताए । उनले सौराहका होटलमा २० देखि ४० प्रतिशत छुट दिएको पनि जाकारी दिए ।
होटल तथा रेष्टुरेण्ट संघ (रेवान) सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले विशेष छुट सुविधाका कारण दुईजना घुम्ने पैसाले सौराहामा परिवार नै घुम्न सक्ने बताए । उनले पर्यटकहरु देवता जस्तै भएकोले नै अतिथि देव भवः भनिएकोले अब कोही पनि पर्यटक सौराहमा आउँदा जात, वर्ण र रंगको आधारमा अपमानित हुन नपर्ने आश्वासन दिए । यसअघि पोखराका होटल तथा पर्यटन व्यवसायीहरुहरु वीरगन्जमा आएर ‘जाऔं है पोखरा’ अभियान चलाएका थिए । वीरगन्जका होटल तथा पर्यटन व्यवासायी संघले पनि ‘पर्यटन उत्थानका लागि साझेदारी कार्यक्रम’ लिएर चाँडै देशभर अभियान चलाउने तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्