Logo

लिभोन ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ लकी ड्रको विजेता घोषित

मेरिकोको एक स्थापित ब्राण्ड लिभोन केस स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल ब्राण्ड हो र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ ।
लिभोन नेपालले चिरपरिचित डिपार्टमेन्ट स्टोर भाटभटेनीसँगको सहकार्यमा ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ उपभोक्ता योजना सञ्चालन गर्दै आइरहेको थियो । यस योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनको स्याम्पू अथवा कण्डिसनरहरु खरीद गर्ने ग्राहकहरु मध्ये एक भाग्यशाली ग्राहकले प्रत्येक महिना यामाहा फसिनो १२५ स्कुटी उपहार पाउँदै आएको थियो ।
लिभोनले ५ महिनासम्म चलाएको ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ अभियानको अवधिभरि उत्साहाजनक सहभागिता पाएको थियो । प्रतियोगिताको माध्यमबाट ४ वटा यामाहा फासिनो १२५ स्कुटरहरू प्रदान गरिसकेको छ । शुक्रबार भटभटेनी सुपरमार्कोटको कलंकी शाखामा आयोजित अन्तिम विजेता घोषणा समारोहमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ उपस्थित थिइन् ।
सो कार्यक्रममा ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ को अन्तिम विजेता घोषणा गरिएको थियो । कुपन नं ९५२० सहित सुजिता थापा मगरले यामाहाको उक्त स्कुटर जितेकी छिन् ।
लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन् । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु नेपालभर अन्य उत्पादनहरु क्रिम आयल उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्