चिनियाँ यानले चन्द्रमाबाट ल्यायो १७३१ ग्राम माटो

बेइजिङ-४५ वर्षको प्रयासपछि चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको माटोको नुमुना पृथ्वीमा सफलतापूर्वक ल्याएको छ । अन्तरिक्ष यान चांग ई–५ प्रोब सफलतापूर्वक पृथ्वीमा १७३१ ग्राम माटोको नुमुना लिएर फर्किएको हो ।
चन्द्रमाको सतहको माटाको नमुना रिसर्च टोलीलाई सुम्पिएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ । वैज्ञानिकहरु यसको परीक्षणमा जुटेका छन् । यद्यपि चन्द्रमाबाट माटोको नमुना यो भन्दा पहिले पनि पृथ्वीमा ल्याइ सकिएको छ ।
यो अन्तरिक्ष यान मंगोलिया स्वायत्त क्षेत्रमा अवतरण भएको हो । चन्द्रमाको सतहमा पुग्ने यो तेस्रो यान हो । यो भन्दा पहिले पठाइएको चांग ई–४ चन्द्रमाको सुदुरवर्ती क्षेत्रमा पुग्ने पहिलो यान थियो । चीनको चांग ई–५ मिशनलाई २००४ मा सुरु गरिएको थियो ।