अमेरिकासँग आर्थिक कुटनीति सुदृढ गर्ने र लगानी जुटाउने मुख्य प्राथमिकता «

अमेरिकासँग आर्थिक कुटनीति सुदृढ गर्ने र लगानी जुटाउने मुख्य प्राथमिकता


अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कुटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउनु मुख्य प्राथमिकता रहेको बताएका छन् । अमेरिकामा कार्यभार सम्हाल्न जानु अघि नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रियामा राजदूत डा. खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताएका हुन् ।
अमेरिकाले केही वस्तुहरुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिका स्थित बहुर्राष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको पनि राजदूत खतिवडाले उल्लेख गरे ।
उद्योग परिसंघले संयुक्त राज्य अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह गरेको छ ।
राजदूत खतिवडासँगको अन्तक्र्रियामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, “नेपाल उद्योग परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिँदै आएको छ । अर्थतन्त्रको कुशल विज्ञको रुपमा परिचित तथा जिम्मेवारी निर्वाह गरिसक्नु भएका डा. खतिवडाको अनुभवबाट राजदूतको कार्यकालमा समेत नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धन गर्न अमेरिकी पुँजी तथा प्रविधि भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।”
अमेरीकातर्फ निर्यात बढाउन बजार सहुलियतका वस्तुको सूची निकै कम रहेको र त्यसको निर्यातमा पनि समस्या रहेकाले आवश्यक कर तथा बजार प्रवेशका सहुलियतका लागि थप प्रयास गर्न, अमेरिकी लगानी भित्रा्एर अर्थतन्त्रको आधुनिकिकरण गर्न पनि राजदूत खतिवडाले थप भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि अध्यक्ष मोरले बताए । परिसंघले राष्ट्रिय औद्योगिकीकरणको विस्तारको लागि “नेपालमा उत्पादन गरौ (विल्ड इन नेपाल)” अभियानलाई परिसंघले अघि बढाएको जानकारी गराउँदै यसबाट लगानी वातावरणको सन्देश दिएर स्वदेशी तथा विदेशी लगानी भित्र््याउन सहयोग पुग्ने पनि अध्यक्ष मोरले बताए ।
सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रविधिका क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने, तयारी पोशाकको अमेरिकी बजार पहुँचका लागि थप प्रयास गर्ने, अमेरिका अध्ययन गरिरहेका नेपाली विद्यार्र्थीलाई नेपालमै अवसर देखाउने तर्फ राजदूत खतिवडाको सक्रिय भूमिकाको अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्