वल्र्डलिंकद्वारा पोखरामा रक्तदान «

वल्र्डलिंकद्वारा पोखरामा रक्तदान

पोखरा- वल्र्डलिंक कम्यूनिकेशन्स लिमिटेडले पोखरामा रक्तदान कार्यक्रम गरेको छ । पोखरामा रगत अभाव भएको अवस्थामा पोखराको अमरसिंह चोकमा आयोजना भएको आकस्मित रक्तदान कार्यक्रमबाट ६३ युनिट रक्त संकलन भएको वल्र्डलिंक कम्यूनिकेशन्स अमरसिंह चोक शाखाका प्रमुख विक्रम पौडेलले बताए ।
क्षेत्रिय रक्त सञ्चार सेवा पोखरामा रगत अभाव भएको अवस्थामा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत कार्यक्रम आयोजना गरिएको उनले बताए । पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजकुमार गुरुङले पहिलो रक्तदाता संस्थाका बाग्लुङका ब्रान्च इन्चार्ज विनोद केसीलाई व्लड व्याग हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्