किसानलाई बिमा तालिम «

किसानलाई बिमा तालिम

धनकुटा– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई तेह्रथुम, जोन (प्राविधिक) इकाई कार्यालय सिंधुवा धनकुटाले किसानहरुलाई बाली तथा पशुपंक्षी बिमा सम्बन्धि तालिम दिएको छ । जोनले छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका प्रत्येक वडामा एक अभिकर्ता तयारी गर्ने उद्देश्यले बाली तथा पशुपालक किसानलाई ३ दिने अभिकर्ता तालिम दिएको हो ।
तालिममा २० जना कृषि तथा पशुपालक कृषकहरुको सहभागिता रहेको जोनका प्रमुख बौवालाल चौधरीले जानकारी दिए । सहभागीलाई राष्ट्रिय बिमा समितिका उप–महानिर्देशक पुनम ज्ञावली जुम प्रविधिबाट पशु बिमाको बारेमा जानकारी दिएकी थिइन् ।
कृषि विभाग हरिहर भवन ललितपुरका वरिष्ठ बालि विकास अधिकृत भरतप्रसाद देवकोटा र कृषि अर्थविद्ध लोकराज सुवेदीले समेत तालिम दिएको जोनका प्राविधिक धर्मराज कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्