धनगढी विमानस्थलको स्तरोन्नति कार्य सुरु

धनगढी-धनगढी विमानस्थलमा अधिग्रहण गरिएको जमिनमा स्तरोन्नतिको काम सुरु भएको छ । वर्षातको समयमा जग्गामा पानी जमेकै कारण रोकिएको काम सुरु भएको हो । तारबार र बाटो निर्माणको काम एक महिनामा सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ ।
धनगढी विमानस्थलमा अधिग्रहण गरिएको जमिनमा स्तरोन्नतिको काम सुरु भएको छ । अहिलेसम्म आधा काम सकिएकाले बाँकी काम पनि एक महिनाभित्रै सक्ने लक्ष्य निर्माण कम्पनीको छ ।
झन्डै दुई वर्ष लगाएर अधिग्रहण गरिएपछि धनगढी विमानस्थलमा रात्रिकालीन उडानका लागि र कम भिजिविलीटीमा पनि जहाज उडान र अवतरण गर्नका लागि उपकरण जडानका लागि आवश्यक जग्गामा रोकिएको भरान र तारबारको काम सुरु हुन नसकेको हो ।
वर्षातको समयमा पानी परेर जग्गामा भरिएपछि रोकिएको माटो भरानको काम र तारबारको काम अहिले आएर सुरु भएको धनगढी विमानस्थलका छविसिंह ठकुल्लाले बताए । जग्गा अधिग्रहण भएपछि धनगढी विमानस्थलमा रात्रिकालीन र कम भिजिबिलिटीमा उडान भर्न सकिने दिशा निर्देशक भीओर र दूरी सूचक यन्त्र डीएमई जडान गरिनेछ । विमानस्थलमा भीओआर डीएमई नामक उपकरण जडान भएपछि दिउँसो सामान्य तुवाँलोमा पनि विमान उडान र अवतरण गर्न सक्नेछ भने एप्रोच लाइट जडान भएसँगै रात्रिकालीन अवतरण र उडान भर्न सकिनेछ ।
अधिग्रहण गरिएको जग्गामा तारबार, बाटो निर्माण गर्दै ग्राबेललगायतको काम आधा सकिएको निर्माण व्यवसायीहरूले बताउने गरेका छन् । जापान सहयोग नियोग जाईकाले उपकरण जडानका लागि जापानमै निर्माणको काम जारी राखेका बेला अबको एक महिनामा अधिग्रहण गरिएको जग्गामा उपकरण जडानका लागि तयार हुनेछ । पुस मसान्तसम्मको निर्माण अवधि रहेकोमा त्योभन्दा पहिल्यै काम सम्पन्न गर्ने निर्माण व्यवसायको भनाइ छ । अबको सात महिनामा धनगढी विमानस्थलमाबाट भीओआर डीएमई नामक उपकरण जडान सम्पन्न गर्ने लक्ष्य नेपाल नागरिक उडड्यन प्राधिकरणले राखेको छ ।