अमेरिका लगातार दोस्रो वर्षमा भारतकै ठूलो व्यापार साझेदार «

अमेरिका लगातार दोस्रो वर्षमा भारतकै ठूलो व्यापार साझेदार

नयाँ दिल्ली-गत आर्थिक वर्षमा अमेरिका र भारतबीच ८८.७५ अर्ब डलरको व्यापार सहित अमेरिका भारतकै ठूलो व्यापार साझेदार मुलुक भएको थियो । यस वर्षको हालसम्मको आंकडालाई आधार मान्ने हो भने यो वर्ष पनि अमेरिका भारतकै ठूलो व्यापार साझेदार मुलुक बन्ने भएको छ ।
भारत–अमेरिका व्यवसायिक परिषद (यूएसआईबीसी) का अध्यक्ष निशा देशाईका अनुसार अमेरिकासँगको सम्बन्ध अझै सुमधुर भएकाले आगामी वर्षमा पनि यो साझेदारी अझै बढ्ने छ ।
देशाईका अनुसार अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकाल सुरु गरेपछि भारत–अमेरिका लघु व्यापार सम्झौता उनको एजेन्डाको प्राथमिकतामा पर्नेछ । भारत अमेरिकाबीच व्यापारिक मतभेद हटाउन एक सम्झौतामा वार्ता भइरहेको उनले बताइन् ।
अमेरिकी राष्ट्रपति निर्वाचन भएकाले गत महिना यसलाई अन्तिम रुप दिन सकिएको थिएन ।
“भारत र अमेरिकाबीच २०२० को सुरुवातमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको समयमा सम्झौताको विष्यामा वार्ता भएको थियो,”देशाईको भनाई थियो ।
यसका अलावा इन्डो प्यासिफिक क्षेत्रमा भारत, अमेरिका, जापान र अस्ट्रेलिया (क्वाड) समूअहलाई बलियो बनाउनाले पनि सम्बन्धमा मजबुती आउने छ । तर यो स्तरमा प्रगती हाशिल गर्न नसकेको धारणा उनको थियो ।

प्रतिक्रिया दिनुहोस्