Logo

कतार एयरवेजको यात्रुहरुलाई २०२१ मा थप सुविधा

कतार एयरवेजले ३१ डिसेम्बर २०२१ सम्मका यात्राको लागि ३० अप्रिल २०२१ अघि जारी गरिएका सबै टिकटहरूको निःशुल्क टिकट शुल्क फिर्ता तथा असीमित मिति परिवर्तनको सुविधा दिने घोषणा गरेको छ । एयरलाइनको यस सुविधा जनक बुकिङ नीति यात्रुहरुलाई शान्तिपूर्व आफ्नो योजनाहरू परिवर्तन गर्न सहज बनाउन निर्माण गरिएको हो ।
एयरलाइनले टिकटलाई ट्राभल भौचरसँग साट्ने विकल्प पनि प्रदान गर्ने जानकारी दिएको छ । जसको मूल्य थप १० प्रतिशत रहने बताइएको छ । यो सुविधा कतार एयरवेजको वेवसाइटमार्फत पनि बुकिङ गरिएका सबै टिकटहरुमा लागू हुने बताइएको छ । ट्राभल भौचर लिने प्रक्रियामा यात्रीहरूले अनलाइन आवेदन दिइ ४८ घण्टा भित्र भौचर प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्