विदेश जाने ७६ % घटे «

विदेश जाने ७६ % घटे

कोभिड–१९ले श्रम गन्तव्यको आर्थिक गतिविधिमा प्रभाव परेसँगै यसको असर नेपालीको वैदेशिक रोजगारीको क्षेत्रमा देखिन थालेको छ । गतआर्थिक वर्षको पहिलो ४ महिनाको तुलनामा चालू आर्थिक वर्षको कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आएको छ । विदामा आएर पुनः रोजगारीमा जाने नेपालीको संख्याबाहेक संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्यामा ७५.८ प्रतिशतले कमी आई १९हजार २५१ मा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चालू आवको पहिलो ४ महिनामा ६७.९ प्रतिशतले कमी आई २५हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्