जापानद्वारा कीर्तिमानी बजेट पारित «

जापानद्वारा कीर्तिमानी बजेट पारित

गोकर्ण अधिकारी
जापानले अहिलेसम्मकै उच्च बजेट मस्यौदा पारित गरेको छ । सोमबार यहाँको मन्त्रीपरिषद्ले आगामी आर्थिक वर्ष २०२१ को लागि १ हजार ६६ खर्ब १० अर्ब येन (१० खर्ब ३ अर्ब डलर)को कीर्तिमानी पारित गरेको हो ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकार संघर्षरत रहेकै बेलामा सो बजेट पारित गरिएको छ । योसँगै बजेटले लगातार नौं वर्ष पनि नयाँ उचाई छोएको छ । बजेट हजार खर्ब येनभन्दा माथि पुगेको यो तेस्रो वर्ष हो । चालू आवका लागि पनि जापानले १ हजार २६ खर्ब ६० अर्ब येनको प्रारम्भिक बजेट ल्याएको थियो ।
बजेटका लागि आवश्यक रकमको व्यवस्था गर्न सरकारले ११० खर्ब ४० अर्ब येनको नयाँ ऋणपत्र जारी गर्दैछ । आगामी आवमा सरकारी राजस्व संकलन ५७४ खर्ब ५० अर्ब येन रहने अपेक्षा गरिएको छ ।
राजस्व संकलनमा आउने कमीका कारण अगाामी आवको ४० दशलमव ९ प्रतिशतले बजेटको पूर्ति ऋणबाट गरिनेछ चालू आवमा यो अनुपात ३१ दशमलव ७ प्रतिशत थियो । सरकारले पूरक बजेटहरुमार्फत कोरोना भाइरस नियन्त्रण गर्न खोजेमा बजेट योभन्दा पनि धेरै हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्