वेस्टर्न युनियनको बम्पर लक्की ड्र विजेतालाई १० लाख हस्तान्तरण

वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना ‘दसैं तिहारको सौगात’ अन्तर्गत बम्पर लक्की ड्रका विजेता घोषणा गरेको छ । सीजी फिन्कोबाट रकम प्राप्त गरेकी बम्पर लक्की ड्रकी विजेता कल्पना शाहीलाई सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले १० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
उक्त रकम प्राप्त गरेकी विजेता शाहीले सो रकम उत्पादन मूलक क्षेत्रमा लगानी गरी जिवन भर वेस्टर्न युनियन मनि ट्रान्सफरलाई सम्झिरहने बताइन् ।
यो प्रवद्र्धन दसैं, तिहार र छठ पर्वको अवसरमा अक्टुबरमा सार्वजनिक गरिएको थियो । उक्त योजनाअन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार जित्ने अवसर पाएका थिए । प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु बम्बर लक्की ड्रमा समावेश गरिएको कम्पनीले जनाएको छ ।
यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन–अन्नपूर्णा ट्राभल एण्ड टुर्स् प्रालि, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटान्स प्रालि र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।