ग्लोबल आइएमई बैंकद्वारा नागरिक केयर सेन्टर भवन निर्माणमा सहयोग «

ग्लोबल आइएमई बैंकद्वारा नागरिक केयर सेन्टर भवन निर्माणमा सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रदेश नम्बर–१ का प्रदेश प्रमुख सुभास सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार सारडालाई दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक सारडाले ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्