Logo

नबिल बैंकको ३५.२६% लाभांश प्रस्ताव

नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६-०७७ को मुनाफा मध्येबाट सेयरधनीलाई कर सहित ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकले स्वीकृत गरेपछि वितरण गरिने बताइएको छ । बैंकले आव २०७६-०७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा हासिल गर्न सफल भएको भन्दै बैंकको सञ्चालन मुनाफा ५ अर्ब ९ करोड रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्