Logo

भारतीय उड्डयन क्षेत्र विश्वकै तेस्रो ठूलो

नयाँ दिल्ली-कारोनाकालमा भारतीय उड्डयन क्षेत्र विश्वकै तेस्रो ठूलो स्थानमा पुगेको छ । तर यो घरेलू यात्रु संख्याको आधारमा हो । २०२४ सम्ममा घरेलू र अन्तर्राष्ट्रिय दुवै आधारमा भारतीय हवाई सेवाले बेलायतलाई समेत उछिनेर विश्वकै तेस्रो ठूलो हुने अपेक्षा गरिएको छ ।
आर्थिक वर्ष २०१९–२० मा भारतको यात्रु संख्या ३४.१० करोड थियो । विगत ४ वर्षको अवधिमा यो ११.१३ प्रतिशतको चक्रवृद्धिको आधारमा वृद्धि भएको थियो । यो अवधिमा घरेलू यात्रीको संंख्या २७.४५ करोड सम्म पुगेको थियो । यो अवधिमा भारतबाट भएको अन्तर्राष्ट्रिय यात्रुको संख्या ६.६५ करोड थियो ।
हवाई कार्गो सेवा विगत ४ वर्षमा ५.३२ प्रतिशतले बढेर २०१९–२० को आर्थिक वर्षमा ३३ लाख टन सम्म पुगेको थियो । भारत सरकार लगातार हवाई यात्रा बढाउने कोशीशमा लागि रहेको छ । मार्च २०१९ सम्म भारतमा कुल १०३ विमानस्थल संचालनमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्