ट्रम्पद्वारा चिनियाँ कम्पनीलाई अमेरिकी स्टक एक्सचेन्जबाट बाहिर निकाल्ने कानुनमा हस्ताक्षर «

ट्रम्पद्वारा चिनियाँ कम्पनीलाई अमेरिकी स्टक एक्सचेन्जबाट बाहिर निकाल्ने कानुनमा हस्ताक्षर

वासिङटन-अमेरिकी राष्ट्रपयति डोनाल्ड ट्रम्पले कार्यकालको अन्तिम समयमा पनि चीनप्रति कडा व्यवहार प्रस्तुत गरेका छन् । उनले चिनियाँ कम्पनीलाई अमेरिकी स्टक एक्सचेन्जबाट बाहिर निकाल्ने कानुनमा हस्ताक्षर गरेका छन् । यो कानुनले चिनियाँ कम्पनीलाई स्टक एक्सचेन्जबाट बाहिर निकाल्ने शक्ति प्रदान गर्नेछ ।
यो कानुनलाई ‘द होल्डिङ फरिन कम्पनी एकाउन्टेबल एक्ट’ नाम दिइएको छ । कानुनका अनुसार जुन कम्पनी लगातार तीन वर्षसम्म अमेरिकी पब्लिक अकाउन्टिङ ओभरसाइट बोर्डको अडिट नियमको पालना गर्दैनन्, ती कम्पनीले अमेरिकी कुनै पनि एक्सचेन्जमा सूचिकृत हुन पाउने छैनन् । यो कानुन चीन मात्रै नभएर अन्य कुनै पनि देशको कम्पनीहरुमा लागु हुने छ । तर, यसले विशेषगरी अमेरिकामा सूचीकृत भएका अलिबाबा, टेक फर्म पिन्डुओडुओ इंक र पेट्राृचाइनालाई लक्षित गरेको छ ।
यो कानुन यसै वर्ष अमेरिकी कंग्रेसबाट अत्याधिक बहुमतबाट पारित भएको थियो । डेमोत्र्mयाट र रिपब्लिकन दुवै दलका सांसदले चीन बिरोधी यो कानुनलाई लिएर डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए । ट्रम्पले कोरोनाभाइरसको विषयलाई लिएर बारम्बार चीनमाथि दोषरोपण गर्दै आएका छन् । यसपछि उनले चीनप्रति कडा नीतिं अंगिकार गर्दै आएका छन् । नयाँ कानुनका अनुसार पब्लिक कम्पनीहरुको स्वामित्व खुलासा गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्