महासंघका समिति तथा फोरमहरुमा सभापति चयन

नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन भएका छन् । महासंघ सचिवालयमा आइतबार आयोजित एक समारोहका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्रसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरेका हुन ।
उद्योग समिति भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डिबी बस्नेत, महिला उद्यमी विकास समिति रिता सिंह, स्थल यातायात तथा पारवहन समिति प्रकाश सिंह कार्की चयन भएका छन् । त्यसैगरी कर तथा राजस्व समिति सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बिमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समिति आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोेभेशन समिति रञ्जितराज आचार्य, स्थानीय विकास समिति सुरकृष्ण वैद्य चयन भएका छन् । स्वास्थ्य तथा सीप विकास समिति हेमराज ढकाल, निर्यात प्रवद्र्धन समिति मनिषलाल प्रधान, व्यापार मेला समिति नरेन्द्र खडका, उर्जा तथा वातावरण समिति गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको महासंघले जनाएको छ ।
त्यसैगरी फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम इन्जिनियर देशबन्धु बस्नेत, सामाजिक तथा स्वास्थ्य सेवा फोरम राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरम आकाश अधिकारी, पुँजी बजार फोरम अम्बिकाप्रसाद पौडयाल र विदेशी रोजगार फोरममा विष्णु गैरले सभापतिको जिम्मेवारी पाएका छन् ।
अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका कार्यकारिणी समितिका सदस्यहरूले सिंगो निजी क्षेत्रलाई सशक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने कार्यमा आ–आफ्नो जिम्मेवारीलाई परिणाममुखी ढंगले निर्वाह गर्ने अपेक्षा राखेको बताए । उनले आ–आफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई समिति तथा फोरमका कार्यलाई अगाडि बढाउन आग्रह समेत गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त सभापतिहरूलाई बधाईसहित जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने कार्यमा सफलताको शुभकामना दिए । कार्यक्रममा उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी थिए ।