सहुलियतपूर्ण कर्जाको लागि दुप्चेश्वरमा त्रिपक्षीय सम्झौता «

सहुलियतपूर्ण कर्जाको लागि दुप्चेश्वरमा त्रिपक्षीय सम्झौता

नुवाकोटको दुप्चेश्वर गाउँपालिका, एभरेष्ट बैंक र नुवाकोट उद्योग वाणिज्य संघबीच सहुलियतपूर्ण कर्जाको लागि त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ, बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । पालिका भित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवाहरुलाई आवश्यक परामर्श र उद्यमशीलता सम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिलाई सहुलितपूर्ण कर्जा पलब्ध गराउनका लागि बैंकमा सिफारिस गरिने अध्यक्ष तामाङले बताए ।
गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार व्यवसायी बन्न चाहने वा व्यवसाय सञ्चालन गरिरहेका सबै खाले उद्यमीलाई नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ (तेस्रो संसोधन २०७७) अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर प्रदान गर्ने अध्यक्ष तामाङको भनाइ छ ।
बैंकका नायव महाप्रबन्धक डा सन्धिर कुमारले सहुलियतपूर्ण कर्जा ग्रामीण भेगका नागरिकसम्म पहुँच पु¥याउन जोखिम मोलेरै भएपनि गाउँ पालिकाको सहकार्य र प्रतिवद्धताले बैंकलाई थप उत्साहित बनाएको बताए ।
सम्झौता अनुसार गाउँपालिका क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।vv

प्रतिक्रिया दिनुहोस्