लिटरेचर फेस्टिभल भर्चुअल हुने «

लिटरेचर फेस्टिभल भर्चुअल हुने

पोखरा-कोरोना महामारीका कारण यस वर्ष नेपाल लिटरेचर फेस्टिभल सराङकोटबाट भर्चुअल हुने भएको छ । यही पुस १४ र १५ चल्ने उक्त फेस्टिभल यस वर्ष कोरोना महामारीका कारण भौतिक रुपमा धेरै जनालाई समेट्न नसकिएको हँुदा भर्चुअल मार्फत हुने तयारी गरिएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
बुकवर्म फाउण्डेसनको आयोजनामा सराङकोटमा हुने नवौं संस्करणको उक्त फेस्टिभलमा ४० जना वक्ता सहभागि हुने भएको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए । उनका अनुसार फेस्टिभलमा यसपालि १५ चरणमा विभिन्न क्षेत्र र विधामा चर्चा गरिने भएको छ । उक्त कार्यक्रम सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक युट्युव च्यानलबाट लाइभ प्रसारण हुने फेस्टिभलका निर्देशक अजित बरालले बताए । आईएमईको प्रायोजनमा हुने सो फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता हुने भएको छ ।
‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सन्् २०११ देखि झम्सिखेलबाट सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्र प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको दाबी छ । यसप्रकारको साहित्यिक बहस र विमर्शले सर्जक र पदासिन व्यक्तिलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्र शक्तिशाली बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
फेस्टिभलका सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यको माध्यमबाट पोखरालाई चिनाउन आफूहरु लागेको बताए ।
गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित कारोवार दैनिकका सम्पादक कुबेर चालिसे, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, पत्रकार अमृत सुवेदी, वसन्त बस्नेत, प्रदीप रोदन, विश्व पौडेल, प्रकृति भट्टराई बस्नेत, डा. भावना तामाङ, सौगात वाग्ले, जगन्नाथ लामिछाने, हरि खनाल, मनुश्री महत, विकेश कविन, स्वेच्छा राउत, डा. अनुप सुवेदी, डा. रोलिना धिताल, सोविता गौतम, रवीन्द्र पुरी, मिलन बगाले, आलोक तुलाधर, बोनिता शर्मा, आयुषी केसी, सोनिका मानन्धर, आभास्ना पाण्डे, नीरञ्जन कुँवर, भिक्कु कश्यप, रोशन मिश्र, इल्या भट्टराई, केशव दाहाल, दुर्गा कार्की, विना थिङ, शिवानीसिंह थारु, निश्चल बस्नेत, भाष्कर ढुंगाना, प्रियंका कार्की, यज्ञश, मञ्जु गुरुङ, किरण गुरुङ, सीता सुन्दास, दीपक परियार, चन्द्रप्रकाश बानियाँ, राजकुमार बानियाँ, सिलसिला आचार्य, डा.अरनिको पाण्डे, रमेश भुषाल लगायत वक्ता रहेको पत्रकार भरत कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्