Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १५% छुट

बैंक अफ काठमाण्डूका ग्राहकले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टरमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ क्षेणीको मान्यता प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टरले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ ।
उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्नबहादुर खड्का र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरे । बैंकले हाल बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्