उखु किसानका माग तत्काल सम्बोधन गर : कांग्रेस «

उखु किसानका माग तत्काल सम्बोधन गर : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनरत उखु किसानको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ ।
बुधबार बसेको पदाधिकारी बैठकले यस्तो माग गरेको हो । बैठकले उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न–गराउन आवश्यक पहल र समन्वयका लागि पनि माग गरेको छ ।
मिलले उखुको भुक्तानी नगरेको भन्दै केही दिनयता किसानहरुले काठमाडौंमा आन्दोलन गरिहेका छन् ।
यसैगरी कांग्रेसले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा संवैधानिक परिषद् सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसले संसद् अधिवेशन तत्काल बोलाउन पनि सरकारसँग माग गरेको छ । संवैधानिक व्यवस्थाअनुसार संसद्को दुुई अधिवेशनबीचको ग्याप ६ महिनाभन्दा बढी हुनु हुँदैन ।
त्यसअनुसार यही पुस १८ गतेभित्र संसद् बैठक बसिसक्नु पर्ने हुन्छ । कांंग्रेसले भने त्यसअघि नै अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्