फोनपे र सेलपेबीच सहकार्य «

फोनपे र सेलपेबीच सहकार्य

नेपालको अग्रणी भुक्तानी प्रणाली अपरेटर फोनपे पेमेन्ट सर्विस लिमिटेड र सेलपेबीच क्युआर भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार सेलपेका ग्राहकले सेलपेको मोबाइल एप्लिकेशनबाट क्यूआर कार्डमार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । सम्झौतापत्रमा फोन पे का तर्फबाट एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र सेलपेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे ।
सम्झौतासँगै सेलपेका ग्राहकले फोनपेका एक लाख ६० हजार भन्दा धेरै मर्चेन्टमा क्यूआर कोडमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । पछिल्ला दिनमाफोन पे नेटवर्कमा बैंक तथा वित्तीय संस्थाका साथै विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरू आवद्ध हुने क्रम बढ्दो छ भने मर्चेन्टहरुस्को संख्या पनि बढिरहेको छ ।
पmोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको अग्रणी भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । एक लाख ६० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । ११ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख भन्दा बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्माफत यसले सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्