कोरोना कहरमा सदस्यको सारथी सहारा «

कोरोना कहरमा सदस्यको सारथी सहारा

कोरोना भाइसको कारण देशको अर्थतन्त्र अस्तव्यस्त बन्यो । अझैसम्म उद्योग, कलकारखाना, व्यापार व्यवसाय राम्रोसँग सञ्चालनमा आउन सकिरहेका छैनन् । कोरोना कहरकै कारण हजारौँले रोजगार गुमाए । नाका बन्द हुँदा आयात निर्यात सहज हुनसकेको छैन भने नेपाली उत्पादनले बजारसमेत पाउन सकेको छैन ।
संक्रमणविरुद्ध जुधिरहेको सरकारले आवश्यक स्वास्थ्य सेवा, रोजगारी, खाध्यन्न उपलब्ध गराउन नसकेको भन्दैँ आलोचित बन्दै आइरहेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाम गर्न सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको बेला झापाका कृषि सहकारी, लघुवित्त सहकारी विभिन्न कार्यक्रम घोषण गरी प्रत्यक्ष नागरिक माझ पुग्न सफल भएका छन् । कोरोनाको समयमा झापामा कृषि सहकारीमार्फत् कृषि उपज उपलब्ध गराउने, उपभोक्ता सहकारीमार्फत् दैनिक उपभोग्य सामानको बिक्री भयो । झापाको दमक नगरपालिकामा सञ्चालित प्रदेश–१ कै नमुना र अर्गानीक मानसरोवगर कृषि सहकारी संस्थाले उत्पादन गरेको तरकारी कोभिड संक्रमण कै बीच होम डेलिभरीमार्फत् उपभोक्ताको घरघरमा पु-यायो ।
जसकारण जनस्तरमा सहकारीको लोकप्रियता बढ्यो । सहकारीले १५ विगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आइरहेको छ ।
त्यस्तै, मूलुकमा लकडाउन घोषण भएसँगै सदस्यको आधारमा नेपालकै ठूलो झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको लघुवित्त कार्यक्रमले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । कोरोना त्रासको समयमा सहकारीले ‘एकका लागि एक अभियान’ सञ्चालन गरी कार्यक्षेत्रका गरिब तथा आर्थिक अवस्था कमजोर भएका २२ सय परिवारमा राहत वितरण ग¥र्यो । सहकारीले १ महिनासम्म बिर्तामोडमा खाना खुवाउने, प्रधानमन्त्री राहत कोष, प्रदेश स्तरीय क्वारेन्टाइन व्यवस्थापनलगाय काम गरेको छ । स्थानीय सरकारले अघि सारेका कार्यक्रमहरूमा सहाराले पनि हातेमालो गरिरहेको छ ।
सहकारीले सामाजिक उत्रदायित्व अन्तरगत यस अघि स्थानीय तहसँगको साझेदारीमा झापा र मोरङका सयौँ विपन्नका लागि आवास निर्माण, जेष्ठ नागरिक चौतारी निर्माण लगायतका काम गरेर लोकप्रियता कमाइसकेको छ । सरकारकै परिपूरक मानिएको तर नागरिकहरुको प्रत्यक्ष जनजीवनसँग सरोकार राख्ने सहकारी क्षेत्रले कोरोना महामारीमा पु-याएको योगदानबारे झापा बिर्तामोडको सहारा बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक सदस्य महेन्द्रकुमार गिरीसँग गरिएको कुराकानी :

This image has an empty alt attribute; its file name is mahendra-giri-768x512.jpg



कोरोना कहरसँगै सहकारी कसरी अघि बढ्दै छन् ?
कोरोना कहरमा सरकारलाई प्रभावकारी राहत वितरण र नागरिक उत्थानका काम गर्न हामी सहयोग गरिरहेका छौँ । कोरोनाले नागरिक भोकभोकै मर्ने अवस्था आएकाले सहकारी क्षेत्र रमिते बन्न नमिल्ने हाम्रो बुझाइ छ । सहारा प्रत्यक्ष नागरिकको घरदैलोसम्म पुग्ने सहकारी भएकाले विपद्का बेलापनि नागरिकका समस्यालाई सम्बोधन गरेको छ । कोरोना महामारीको अवस्थामा संस्थाले प्रधानमन्त्री राहत कोष, प्रदेश सरकार र स्थानीय ७० वटा पालिकालाई तत्काल खाद्यान्न सहयोग पु-याउन ५७ लाख ३५ हजार २ सय ५८ रुपैयाँ उपलब्ध गरायो । पिसिआर ल्याव स्थापना, खाद्यान्न वितरण, प्लाजमा बैंक स्थापनामा एकका लागि एक अभियान मार्फत् सहयोग गरेको छ ।

सहाराले सदस्यका हितमा कस्तो काम गर्दै छ ?
कोरोना कहरले सहकारीमा तत्कालीन रूपमा खासै असर नपारे पनि दीर्घकालीन रूपमा भने असर पारेको देखिन्छ । कोरोना भाइरसको कारण सदस्यहरुको व्यापार राम्ररी सञ्चालन हुन सकिरहेको छैन । ऋणको माग नहुने र ऋणको भाका नाघ्न सक्ने हुँदा कर्जाको नियमिततालाई अगाडि बढाउनु पर्ने चुनौती सहकारीलाई रहेको छ । ‘जीवन बाँचे सबैथोक गर्न सकिन्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै सदस्य तथा कर्मचारीको स्वास्थ्य सूरक्षालाई ध्यानमा राख्दै वित्तीय कारोबार सञ्चालन गर्दै आइरहेका छौँ । यस्तै, चुनौतीका बीच सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यलाई व्याजमा सहुलियत प्रदान गरेको छ ।
सहकारीले सदस्यलाई व्यवासय गर्न पँजूीको अभाव नहोस् भन्ने हेतुले ऋणको व्याजमा ११ देखि १३ प्रतिशत कायम गरेको छ । कोरोनाको कारण ऋणको किस्ता तिर्न नसकेका सदस्यहरुलाई कुनै पनि प्रकारको हर्जना लिने छैनौँ । सहकारीले गत असार मसान्तसम्म ऋण पाकेको व्याजमा १० प्रतिशत छुट दिएको बताएका छन् । यसै अवधिमा विपत सापटी वापत प्रतिसदस्य ५ हजारसम्म दिने नीति अनुरुप २ करोड ६८ लाख २३ हजार रुपैयाँ प्रदान गरेको छ । सहकारीले वैदेशिक रोजगारीबाट फर्केका ४५ सय जना युवालाई कृषि र अटो ऋणको माध्यमबाट स्वरोजगारसमेत बनाएको छ । सहकारीले सामाजिक सूरक्षा कार्यक्रम अन्तगत पूर्ण अशक्तता, एकल महिला-पुरुष, जेष्ठ सदस्य तथा अनाथ बालबालिकाको संरक्षणमा संस्थाले प्रदान गर्दै आएको छ ।

स्वास्थ्य क्षेत्रमा सहाराको योगदान कस्तो छ ?
सहाराले स्थापना कालदेखि नै सदस्यको स्वास्थ्य क्षेत्रमा योगदान पु-याउँदै आइरहेको छ । हामी कोरोना कहरको समयमा विशेष योजना बनाएर अघि बढेका छौँ । कोरोना पोजेटीभ भएर आइसोलेशनमा बस्नुपर्ने अवस्था आए संस्थाले प्रतिदिन ५ सय रुपैयाँका दरले १४ दिनका लागि कोरोना भक्तासमेत उपलब्ध गराउने छ । हाम्रा सदस्य कोरोनाको कारण सिकिस्त भइ आईसियु, प्लाज्मा थेरापीलगायत उपचारको लागि स्वास्थ्य योजना अन्तरगत ३ लाख रुपैयाँसम्म सहयोग गछौँ । त्यसैगरी, संस्थाले लोकप्रिय स्वास्थ्य कार्यक्रम अन्तगर्त ८ वटा योजना अघि सारेको छ । विगतदेखि नै सञ्चालन हुँदै आएको होम केयर, संजिवनी, सुत्केरी पोषण र जीवन वरदानलाई कायमै राख्दै सिनियर सिटिजन केयर, वेलनेस सेन्टर स्थापना, अनलाईन फार्मेसी सेवा सञ्चालन शुरुवातीको अन्तिम चरणामा छौँ ।
कृषिमा चाहिँ के गर्दै हुनुहुन्छ ?
सहाराले कृषि तथा पशुपालन व्यवसायलाई पनि आफ्नो महत्वपूर्ण योजनाको रुपमा पूवद्र्धन गर्दै आएको छ । संस्थाले हाल तरकारी र मासुमा आत्मनिर्भर बनाउन ५ सय जना किसानलाई टनेल प्रदान गरेका छौँ । सेयर सदस्यलाई व्यवसायिक तरकारी खेती गर्न टनेल, थोपा सिँचाई, सोलार पम्प, यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्ने कार्यक्रम शुरु गछौैँ । ५ हजार बढी किसानलाई बाख्रा र कुखुरा पालनको लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा यसलाई निरन्तरता दिदैँ बजारीकरणमासमेत सहयोग पु-याउने छ । कोभिड संक्रमणकालिन अवस्थामा यो कार्यक्रम अत्यन्त लाभदायक भएको छ । हामीले यस वर्षदेखि कोशेली घर सञ्चालनमा ल्याउने छौँ । सदस्यले उत्पादन गरेका वस्तुको बजारीकरणको लागि कोशेली घर सञ्चालन गर्ने योजना बनाएका हौँ । सहकारीले सतासी महिला कृषि सहकारीको साझेदारीमा सञ्चालन गर्दै आएको मह उद्योगलाई अझ प्रभावकारी रुपमा अघि बढाउने लक्ष्य राखेको छ । सहकारीले शिवसतासी नगरपालिकामा रहेको जग्गामा बाख्रा मौरी र तरकारीको स्रोत केन्द्र निर्माण गर्ने साथै अन्य कृषि आयआर्जनका कार्यक्रम गर्ने छ । च्याउ खेती, मौरी माछा पालन, तरकारीको स्रोत केन्द्र निर्माण गरिने छ । ‘संस्थाले एग्री बिजनेस युनिट’, कृषि स्रोत केन्द्र र कृषि पशुसम्बन्धि अध्ययनका लागि प्राविधिक शिक्षालय स्थापनाको प्रक्रिया अघि बढाउने छ ।
सहकारीको वित्तिय अवस्था ?
सहाराको वित्तिय अवस्था १० अर्ब माथि पुगेको छ र सामाजिक पूँजीमासमेत उल्लेख्य प्रगति हाँसिल भएको छ । यतिसम्मकी अब हर व्यक्तिलाई सहाराको सदस्य हुनुमा गौरव महसुस हुन्छ । हामीले वित्तिय अवस्था थप मजभुत बनाउनका लागि २०८० भित्रमा २५ अर्वको वासलात बनाउने लक्ष्य तय गरीसकेका छौँ । गत असारसम्मको तथ्यांक हेर्ने हो भने सहकारीमा १ लाख ४३ हजार ९ सय ८३ जना शेयर सदस्यहरु रहनु भएको छ । संस्थाको आँकडाले नै हाम्रो वित्तिय अवस्था मजवुत रहेको देखाउँछ । जसमा शेयर पुँजी १ अर्ब ३४ करोड, ९१ लाख, जगेडा तथा अन्य कोष १ अर्ब २१ करोड ५८ लाख रहेको छ । सहकारीको बचत ६ अर्ब १० करोड, ९४ लाख, भौतिक सम्पति ३४ करोड ५१ लाख र वाह्य ऋण ९८ करोड ९९ लाख रहेको छ । यो वित्तिय अवस्थाको विश्लेषण गर्ने हो भने हामीले वाह्य ऋणलाई क्रमशः घटाउँदै आन्तरिक स्रोत, बचतलाई बढाउने नीतिमा सफल हुँदै गएका छौँ । यो कोरोना कहरको समयमा पनि सहकारीले २५ करोड ९ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सहाराले ६ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । हाम्रो संस्था देशकै उत्कृष्ट सहकारी संस्था हो ।
तपाईँ सहकारीको नेतृत्वकर्ता, यस क्षेत्रका चुनौती के –के हुन् ?
हामीलाई कोरोना महामारीले कहिले छोड्ने हो भन्ने यकीन छैन । तत्काल कोरोना भाइरस नियन्त्रण भइआल्ने अवस्था देखिँदैन । सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दै आएका सदस्य मारमा छन् । त्यसैले, सहाराले मात्र होइन देश भरकै सबै सरहकारीले सदस्यले प्राप्त गरिरहेका सुविधाहरु, स्वास्थ्य योजना, सामाजिक सूरक्षा कार्यक्रम निरन्तर गरिरहनु पर्ने अवस्था छ । देशभर बढ्दै गएको बेरोनगारीलाई ध्यानमा राखेर पूँजीको उपलब्धता तथा आय आर्जन र उद्यमशीलता सिपको माध्यमबाट सदस्यलाई स्वरोजगारको अवस्था प्रदान गरी आर्थिक जीवनस्तर उठाउन सहयोग गर्नुपर्ने देखिन्छ । पछिल्लो समय सहकारी एकीकरणको प्रक्रिया झाँगिदो छ । एकैपटक धेरै संस्था मर्ज हुँदा कार्य प्रणलीमा एकरुपता नुहँदा अप्ठ्यारो पर्न सक्छ । त्यसैले एकिकरण प्रक्रियालाई सुरक्षित, सौभाद्र र सहज वातवरण बनाउँदै अघि बढ्नु पर्ने हुन्छ । यो डिजिटल युगको समय हो । त्यसैले सदस्यलाई वित्तीय कारोबार प्रविधि मार्फत् अभ्यस्त बनाउनु पर्ने छ । संस्थाको विकास र विस्तारसँगै भविष्यमा आउन सक्ने जोखिम र चुनौतीहरुको सामना गर्न सक्ने दीगोपनको खोजी गर्नु समग्र सहकारी क्षेत्रको वर्तमान चुनौती हो ।

प्रतिक्रिया दिनुहोस्