नोभेम्बरमा भारतको मुद्रास्फीति घट्यो «

नोभेम्बरमा भारतको मुद्रास्फीति घट्यो

नयाँ दिल्ली-खाद्य सामग्रीको मूल्यमा आएको गिरावटका कारण नोभेम्बरमा भारतको मुद्रास्फीति ओरालो लागेको छ । नोभेम्बरमा यो ६.९३ प्रतिशत कायम भएको छ । यद्यपि आरबीआईले मानेको सन्तोषजनक स्तर भन्दा माथि रहेको छ । उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मा आधारित खुद्रा मुद्रास्फीति अक्टोबरमा ७.६१ प्रतिशत थियो ।
मुद्रास्फीतिको पछिल्लो अवस्थालाई मूल्यांकन गर्दै आरबीआईले मौद्रिक समीक्षा नीतिमा नीतिगत दरमा कुनै परिवर्तन गरेको छैन । सरकारले केन्द्रीय बैंकको २ प्रतिशत तलमाथिका आधारमा मुद्रास्फीतिको दरलाई ४ प्रतिशतमा राख्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्