कोरोनाले ऋणको जालोमा परेको विश्व छिट्टै माथि नउठ्ने «

कोरोनाले ऋणको जालोमा परेको विश्व छिट्टै माथि नउठ्ने

वासिङटन-रोनाका कारण ऋणको जालोमा फसेको विश्व छिट्टै यो समस्याबाट उम्कन मुश्किल हुने विश्वको ऋणमा निगरानी गर्ने संस्था इन्सटिच्यूट अफ इन्टरनेशनल फाइनान्स (आईआईएफ) ले जनाएको छ । खोपको प्रयोग व्यापक भएपछि मात्रै विश्व कोरोना महामारीबाट माथि उठ्ने संस्थाले जनाएको छ ।
विश्वका मुलुकहरुमा कोरोना महामारीको दोहोरो महामारी परेको छ । एकातिर लकडाउनका कारण पुरै विश्वको कारोबार ठप्प भएकाले राजश्वमा व्यापक गिरावट आएको छ भने अर्कातिर सरकारले आफ्ना जनता र कारोबार सम्हाल्नका लागि महँगो राहत प्याकेजको घोषणा गर्नु परेको थियो । यसका लागि विश्वका सरकारहरुले कर्जा मार्फत कोष जम्मा गरेका थिए ।
आईआईएफको गणनाका अनुसार २०२० मा विश्वमा २७७ खर्ब डरको कर्जाको बोझ परेको थियो । यो रकम पुरै विश्वको कुल गाहर््स्थ्य उत्पादन (जीडीपी) भन्दा ३६५ प्रतिशत बढी हो । यो संस्थाका अनुसार जीडीपीको तुलनामा कर्जाको अनुपात सबै प्रमुख अर्थतन्त्र भएका मुलुकहरुमा यो वर्ष तीव्र दरमा वृद्धि भएको छ ।
आईआईएफको तथ्यांक अनुसार जीडीपीको अनुपातमा सर्वाधिक बढी बोझ विकसित देशमा परेको छ ।
विश्व बैंकका अनुसार जीडीपीको ७७ प्रतिशत भन्दा बढी कर्जा हुनु चिन्ताजनक हो । बैंकका अनुसार प्रत्येक १ प्रतिशत कर्जाले वार्षिक विकासमा ०.०१७ प्रतिशतको गिरावट आउछ ।

प्रतिक्रिया दिनुहोस्