वृद्धाश्रम पुनः संरचनाका लागि सिद्धार्थ बैंकको आर्थिक सहयोग «

वृद्धाश्रम पुनः संरचनाका लागि सिद्धार्थ बैंकको आर्थिक सहयोग

सिद्धार्थ बैंकले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९, गोठाटारस्थित श्रीकृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सो रकम श्री कृष्ण प्रणामी सेवा समिति नेपालले २०७२ सालमा गएको विनाशकारी भूकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको श्री कृष्ण प्रणामी भवनको पुनःसंरचना कार्यका लागि उपयोग गर्ने जनाइएको छ । भवनमा समितिले वृद्धआश्रम सञ्चालन गर्दै आएको र निर्माण पश्चात सो भवन समितिले असाहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्ने जनाइएको छ ।
समाज कल्याणको कार्य गर्दै आइरहेको उक्त संघलाई बैंकले पु¥याएको सो रकम सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा उत्थान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्