सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना «

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

Print

सानिमा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसँगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको थियो ।
रक्तदान कार्यक्रममा सहभागीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले धन्यवाद व्यक्त गरे । सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्