मुक्तिनाथ विकास बैंकको ‘मुक्ति भाइ’ मस्कट सार्वजनिक «

मुक्तिनाथ विकास बैंकको ‘मुक्ति भाइ’ मस्कट सार्वजनिक

मुक्तिनाथ विकास बैंकले बैंकको लोगोको प्रतिक ‘मुक्ति भाइ’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्वारा संयुक्त रुपमा एक कार्यक्रममार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो । कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको फेसबुक पेजबाट सोही कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो ।
विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिषा नेटवर्कअन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बताइएको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले देशभरका विभिन्न १३८ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्