ग्लोबल आइएमई बैंकको ६ वटा शाखारहित बैंकिङ सेवाको सुरुवात «

ग्लोबल आइएमई बैंकको ६ वटा शाखारहित बैंकिङ सेवाको सुरुवात

ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा बैंकिङ सेवा प्रदान गर्नका लागि शाखारहित सेवाको सुरुवात गरेको छ । बैंकको शाखारहित सेवा सञ्चालनका लागि तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा, र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३८ पुगेको छ ।
बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका–२ ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा चन्द्रकला ढकाल, धनुषा जिल्ला नगराईन नगरपालिका–४ फुलगामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा राजकुमार शाह, दैलेख जिल्ला दुल्लु नगरपालिका–७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा दामोदर उपाध्याय, दैलेख जिल्ला भैरबी गाउँपालिका–५ दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बखतबहादुर शाही, बाग्लुङ्ग जिल्ला बाडिगड गाउँपालिका–२ सिमालचौरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा होमनाथ खराल र पाँचथर जिल्ला याङवरक गाउँपालिका–१ गणेश चोकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्