लालीगुराँस बहुउद्देश्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ «

लालीगुराँस बहुउद्देश्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सहकारीको २१औं वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य–समिति चयन गरेको हो ।
नव निर्वाचित कार्य–समितिका उपाध्यक्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल निर्वाचित भएका छन् । चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा सदस्यहरुमा कदम जोशी प्रधान, भोलाकुमार श्रेष्ठ र आर्या सिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
लेखा समितिको संयोजकमा पुण्यप्रसाद पोखरेल र सदस्यहरुमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित निर्वाचित हुनुभएको छ । नवनिर्वाचि पदाधिकारी, लेखा समितिका संयोजक र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता रत्न अवाले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्