निजी क्षेत्र बीचको समन्वय र सहकार्य आवश्यक «

निजी क्षेत्र बीचको समन्वय र सहकार्य आवश्यक


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुबीत सहकार्य भएमात्र अघि बढ्न सकिने बताएका छन् । अध्यक्ष श्रेष्ठले आम नागरिकको क्रय शक्ति बढाउन, रोजगारी वृद्धि गर्न राजस्व प्रशासन, व्यापार वृद्धिलगायतक विषयमा सरोकारवाला निकायले संयुक्त रुपमा सरकारलाई दवाव दिन सकिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले मूल्य अभिवृद्धि दरको कर घटाउँदै लैजाने, थे्रसहोल्ड, चेक वाउन्सलगायतका विषयमा कार्यगत एकता गर्न आफू तयार रहेको बताए ।
उनले व्यवसायीहरुले भोग्दै आएको समस्या तथा समग्र आर्थिक नीति, ऐन, कानूनहरुमा देखिएको अस्पष्टता र प्रक्रियागत जटिलता हटाउनेतर्फ सामूहिक प्रयासलाई एकावद्ध गर्दै लैजानुपर्ने बताए । उनले चेम्बर जिल्ला, प्रदेश र स्थानीय स्तरमा समेत विस्तार भइसकेको सन्दर्भमा त्योस्तरमा समेत सहकार्य समन्वय हुन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको कार्यगत एकताले सरकालाई नीति निर्माणमा सहजीकरण गर्न सहयोग पुग्ने बताए ।
उनीहरुले मूलुकको उच्च आर्थिक वृद्धि दर हासिल गर्न व्यवसाय अनुकूल वातावरण सृजना गर्न श्रम निर्यात प्रवद्र्धन, आयात व्यवस्थापन, व्यापार घाटा, रुग्ण उद्योगमा कोभिडको असर र लगानी प्रवद्र्धन लगायतका विषयमा समान धारणा बनाउनुपर्नेमा जोड दिए । महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको आवाज एउटै हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्