Logo

अमेजन, गूगललाई फ्रान्समा १३.५ करोड यूरो जरिवाना

पेरिस-फ्रान्समा गोपनियताको निगरानी गर्ने निकाय नेशनल कमिशन अन इनफरमेटिभ एन्ड लिबर्टी (सीएनआईएल) ले गूगललाई १० करोड यूरो र अमेजनलाई ३.५ करोड यूरो जरिवाना लगाएको छ । यी दुवै अमेरिकी कम्पनीलाई देशको विज्ञापन कुकीज नियमको उल्लंघन गरेकोमा जरिवाना लगाइएको हो ।
सीएनआएलले यी दुवै कम्पनीहरुले कुकीज पढ्ने अनुमती नलिएको जनाएको छ । जबकी यसका लागि यूजर्ससँग स्वीकृति लिनु आवश्यक छ ।
यस सम्बन्धमा गूगलले जसले गूगल प्रयोग गर्छन् उनीहरु गूगलसँग गोपनियताको सम्मानको अपेक्षा गर्ने बताएको छ । सूचना, स्पष्ट नियन्त्रण, मजबुत अन्तरदेशिय डेटा गभर्नेन्स, सुरक्षित पूर्वाधार र उपयोगी उत्पादनलाई आफ्नो अभिलेखमा राख्ने गूगलले जनाएको छ ।
यसैगरी अमेजनले पनि सीएनआईएलको निर्णयको सम्मान गर्ने सहमती जनाएको छ । आफ्ना ग्राहकको गोपनियताको रक्षा सधै गर्ने विषयलाई अमेजनले प्राथमिकता दिने क्रम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्