गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश घोषणा «

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश घोषणा

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले ११.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६-०७७ को नाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनसहित ३.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।
यस्तै, २ करोड ७२ लाख रुपैयाँ नगद बाँड्ने कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको हात लाभांश पर्नेछ । गत वर्ष यसले ६.५प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्