अर्बपति एलन मस्कको मंगल जाने रकेट लन्चको समयमा विष्फोट «

अर्बपति एलन मस्कको मंगल जाने रकेट लन्चको समयमा विष्फोट

वासिङटन-हालैमात्र बिल गेट्सलाई उछिन्दै विश्वकै दोस्रो धनी भएका एलन मस्कको मंगल ग्रहमा पठाउन लागिएको रकेट लन्चको समयमा विष्फोट भएको छ । उक्त रकेट बुधबार विष्फोट भएको हो । सुरुमा यो रकेटले मंगल ग्रहमा पु-याउने अपेक्षा गरिएको थियो । विष्फोट भएपनि आफ्नो प्रयोगलाई शानदार भएको बताउदै मस्कले पुरै टीमलाई बधाई दिएका छन् ।
उडानको केही मिनेटमै मस्कले ट्वीट गरेर लेखेका थिए,“हामी मंगल ग्रहमा आउदैछौ ।”तर यसको केही मिनेटमै रकेटमा विष्फोट भएको थियो ।
इन्जिनलाई प्रक्षेपण गर्नुपूर्व इन्जिन चलाइएको थियो । केही समयपछि अर्को इन्जिन पनि चलाइएको थियो र करिब ४ मिनेट ४५ सेकेन्डको उडानपछि रकेटको तेस्रो इन्जिन पनि सुरु गरिएको थियो । यसपछि रकेट शानदार रुपमा उडान भर्न सुरु भएको थियो । तर यसको केही समयपछिनै रकेट पृथ्वीमा आएर ठोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्