भारतमा जनवरीदेखि मारुती–सुजुकीको कार महँगिने «

भारतमा जनवरीदेखि मारुती–सुजुकीको कार महँगिने

नयाँ दिल्ली-आगामी वर्षको सुरु महिनामै भारतमा मारुती–सुजुकीको कार महँगो हुने भएको छ । कार निर्माणमा प्रयोग हुने कच्चा पदार्थको मूल्य बढेकाले कारको मूल्य पनि बढ्ने कम्पनीले जनाएको छ ।
मारुती–सुजुकीले इन्ट्री लेभलको अल्टोदेखि एक्सएल सिक्स जेसी बहु प्रयोगका सवारी साधनहरु बिक्री गर्दै आएको छ । यसको मूल्य भारतमा २.९५ लाख भारुदेखि ११.५२ लाख भारुसम्म पर्छ ।
अतिरिक्त लागतको केही हिस्सा ग्राहकमा जोडिने भएकाले २०२१ देखि मूल्य पनि बढ्ने कम्पनीले जनाएको छ । यो वृद्धि फरक–फरक मोडलमा फरक–फरक हुने छ ।
कोरोना संकटका कारण कारको बिक्री कम भएकै समयमा कच्चा पदार्थको मूल्य पनि वृद्धि भएकाले कम्पनीलाई मार पर्न गएको छ । तर, चाडबाडको सिजनमा भने कारको बिक्रीमा वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्