ग्रामीण समुदायका हेलिकप्टर बाजे पूर्वराज्यमन्त्री तारामान गुरुङ «

ग्रामीण समुदायका हेलिकप्टर बाजे पूर्वराज्यमन्त्री तारामान गुरुङ

संखुवासभाको दुर्गम क्षेत्र मकालुमा जन्मिएका तारामान गुरुङ संखुवासभामा हेलिकप्टर बाजेका रूपमा पनि परिचित छन् ।
दुर्गम जिल्ला संखुवासभामा यातायात र स्वास्थ्य सेवाको अवस्था भरपर्दाे नभएपछि हरेक महिना जसो कुनै न कुनै बिरामीलाई हेलिकप्टर मार्फत काठमाडौं वा अन्य सुबिधासम्पन्न अस्पतालमा पुर्याउनै पर्ने हुन्छ । त्यसका लागी हेलिकप्टर नै त्यस क्षेत्रको एकमात्र बिकल्प बन्दै आएको छ ।
ग्रामीण जीवनका उकाली ओरालीसँग मात्र परिचित स्थानीयले यस्ता बाह्य र विषम परिस्थितिमा सम्झने नाम हो हेलिकप्टर बाजे अर्थात पुर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ । आर्थिक अवस्थामा त्यति दरिलो नभए पनि उनलाई ग्रामीण भेगका बासिन्दाले खुबै सम्झने गर्छन् । जस्तोसुकै परिस्थिति भए पनि स्थानीयले सहयोग खोजेको बेला हेलिकप्टरमा बसेर सकेसम्म उनी आफैं बिरामीको गाउँ सम्म पुग्ने गर्छन् । । गोजीमा धेर थोर रकम भए सहयोग पनि गर्छन् । गाउँको भूगोल, परिवेश र रहनसहनसँग राम्ररी भिजेका हेलिकप्टर बाजे तारामानले ग्रामीण भेगमा दुःख पर्दा धेरैलाई आफैं पुगेर सहानुभूति दिँदै आएका छन् ।
ग्रामीण भेगका बासिन्दालाई यो दल त्यो दलको राजनीतिसँग त्यति मतलब छैन । आपूmलाई साह्रो गाह्रो पर्दा जसले सहयोग गर्छ उसैलाई भोट हाल्ने गरेको भोटखोला र आपद विपदमा सहयोग गर्नेलाई सबैले मायाँ र सम्मान गर्ने दर्जनौं पटक आफ्नो गाउँ सदरमुकामबाट ५ दिनको पैदल दूरीमा रहेकाले बिरामीका आफन्तले आपतकालीन अवस्थामा सहाराविहीन बनेका प्रायस धेरैले उनलाई फोनमार्फत आफ्नो र गाउँको समस्या राख्ने गर्छन् । २०७० को संबिधान सभाको निर्वाचनमा उनले संखुवासभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचीत हुने अवसर पाए । छोटो समय करिव ७ महिना मात्र स्वास्थ्य राज्यमन्त्री हुँदा उनले जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि निक्कै काम पनि गरे । स्वास्थ्य राज्यमन्त्री गगनथापाका समयमा राज्यमन्त्री बन्ने अवसर पाएका हेलिकप्टर बाजेले २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् । त्यसपछि पनि उनी राजनीति र समाजसेवामा निराश छैनन् ।
निरन्तर रुपमा जिल्लाका ग्रामीण भेगमा आपदबिपद पर्दा पुगिरहेका हुन्छन् । संखुवासभाको आकासमाथि कुनै हेलिकप्टर देख्नासाथ स्थानीयले आजपनि तारामान आयो कि क्या हो भन्ने गर्छन् । उनलाई आपद बिपदको समयमा स्थानीयले सम्झनुको कारण उनिसंग हेलिकप्टर र सम्पति भएर होईन । उनीसँंग यी दुवै कुरा छैन । तर, उनको मिजासिलो स्वभाव, हेलिकप्टर सञ्चालकसँगको सुमधुर सम्बन्ध, लामो समयको अनुभव र सम्बन्धले पनि सकेसम्म कम खर्चमा काठमाडांै पुग्न सकिन्छ भन्ने स्थानीयमा छाप परेको छ ।
उनले २०७० को निर्वाचनमा बिजय हाँसिल गर्नुको पछाडि बीसौं वर्ष गाउँमा हेलिकप्टर पुर्याएर स्थानीयको सुख–दुःखमा साथ दिनु प्रमुख कारण रहेको धेरैको अनुमान छ ।
२ कार्यकाल नेपाली काँग्रेस संखुवासभाको पार्टि सचिव र निरन्तर ४ कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका उनले गाउँमा कोही बिरामी पर्दा वा कुनै आपतकालीन अवस्था आउँदा यसरी नै उद्धारमा सहयोग पुर्याउँदै आएका थिए । संविधानसभा सदस्यका रुपमा निर्वाचीत भएपश्चात पनि उनले आफुलाई गाउँभन्दा पर कहिल्यै सम्झेनन् । १ सय बढी घाइते र अन्य बिरामीलाई उनले आफू सांसद भएको समयमा समेत निरन्तर रूपमा हेलिकप्टर मार्फत काठमाडांै पुर्याउन सहयोग गरिरहे ।
चिनको तिब्बतसँग सिमाना जोडिएको भोटखोला, मकालु, शिलिचोङ, सभापोखरी लगायतका दुर्गम क्षेत्रबाट बिरामी सदरमुकाम खाँदबारी ल्याउन यातायात सुबिधा नभएको र पैदल मार्गबाट बिरामी बोकेर सदरमुकामस्थीत जिल्ला हस्पिटल ल्याइपुर्याउन हप्ता दिन बढी लाग्ने गर्छ ।
त्यहाँ पुर्याएपछि पनि भनेजस्तो स्वास्थ्य सुबिधा नपाईने भन्दै आफन्त र गाउँलेले बिरामीलाई काठमाडौं पुर्याउने गर्दै आएका छन् । दुखजिलो गरि भौगोलिक र मौसमी मार खेपीरहेका संखुवासभाको भोटखोला, मकालु, शिलिचोङ, सभापोखरी लगायतका क्षेत्रका स्थानीय बासिन्दाले बिरामी भएको अवस्थामा अत्याधिक आर्थिक समस्या ब्यहोर्दै आएका छन् ।
संखुवासभाको सदरमुकाम खाँदबारी ९ तुमलिङटारमा हवाई सेवाको राम्रै व्यवस्था छ । नेपाल वायुसेवा निगम, यति एयरलाईन्स र बुद्ध एयरले दैनीक रुपमा हवाई जहाजको सेवा दिइरहे पनि दुर्गम क्षेत्रका अधिकांश बासिन्दाले भने महंगो शुल्कको हेलिकप्टर नै चार्टड गरेर बिरामीलाई सुबिधासम्पन्न हस्पीटल पुर्याउनुपर्ने बाध्यता रहँदै आएको छ ।
संखुवासभाका अधिकांश दुर्गम भेगका आर्थिक अवस्था दरिलै भएका वा आफन्त शुभचिन्तकको सहयोग जुटाउन सक्नेले हेलिकप्टर मार्फत काठमाण्डौ वा अन्यत्र पुगेरै भए पनि स्वास्थ्यसेवाको उपभोग गरिरहेका छन् । तर, गरिब, निमुखा र आर्थीक अवस्था मजबुत नभएकाले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था विद्यमान छ ।

प्रतिक्रिया दिनुहोस्