ट्रम्प कार्यकालमा भारतले अमेरिकाबाट किन्यो ३.४ अर्ब डलरको हतियार «

ट्रम्प कार्यकालमा भारतले अमेरिकाबाट किन्यो ३.४ अर्ब डलरको हतियार

नयाँ दिल्ली-ट्रम्पको कार्यकालमा भारतले अमेरिकाबाट मात्रै ३.४ अर्ब डलरको हतियार किनेको छ ।
अन्य देशमा अमेरिकी हतियार बिक्री घटेको भएपनि ट्रम्प कार्यकालमा भारतमा बिक्री गरेको हतियारको परिमाणमा वृद्धि भएको छ । २०२० मा अमेरिकाले समग्रमा ५०.८ अर्ब डलरको हतियार बिक्री गरेको थियो । तर, २०१९ मा भने उसले ५५.७ अर्ब डलरको हतियार बिक्री गरेको थियो ।
यो अवधिमा मोरक्कोले ४.५ अर्ब डलर, पोल्यान्डले ४.७ अर्ब डलर, सिंगापुरले १.३ अर्ब डलर, ताइवानले ११.८ अर्ब डलर र यूएईले ३.६ अर्ब डलरको हतियार किनेका थिए ।
साउदी अरब, अफगानिस्तान, बेल्जियम, इराक र दक्षिण कोरियाले भने कम हतियार किनेका थिए ।

प्रतिक्रिया दिनुहोस्