विवेकशील नेपाली र साझा पार्टी एकीकृत «

विवेकशील नेपाली र साझा पार्टी एकीकृत

फुटको दुई वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल एक भएका छन् । २०७५ पुसमा फुटेका दुई दलबीच बुधबार एकता भएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ ।
एकीकरणपत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन् । एकिकरणपछि पार्टीको अध्यक्षमा मिश्र रहनेछन् भने राष्ट्रिय संयोजकको जिम्मेवारी पाण्डेले सम्हाल्नेछन् । यी दुई पार्टी अलग अलग स्थापना भएका थिए। बीचमा दुई दलबीच एकीकरण भएको थियो। तर उनीहरु विभाजित भएका थिए ।
पार्टी घोषणा कार्यक्रममा यसअघि भएको फुटप्रति मिश्र र पाण्डेले माफी मागेका छन् । उनीहरुले विवेकशील साझा पार्टीलाई वैकल्पिक नभएर निर्विकल्प पार्टी बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्