दराजको अंग्रेजी महिनाको अन्तिम सेल १२.१२ अभियान «

दराजको अंग्रेजी महिनाको अन्तिम सेल १२.१२ अभियान

दराजले ११.११ अभियानको सफलतापछि वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । यो अभियान शनिबार मध्यरातदेखि पुस ३ गतेसम्म हुनेछ ।
यो अभियानमा उपभोक्ताले विशेष छुटसहित र बैंक कार्डमार्फत थप छुट पाउने कम्पनीले जनाएको छ। सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटिजन बैंकका क्रेडिट र डेबिट कार्ड मार्फत भूक्तानी गर्दा १२ प्रतिशत (अधिकतम १२१२ रुपैयाँ) सम्मको छुट पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उपभोक्ताले ‘मेगा गिभ अवे’ को रूपमा ६९ हजार ९ सय ९९ को नयाँ सामसङ ग्यालेक्सी एस २० एफई जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
उपभोक्ताले एक रुपैयाँको गेममा पनि सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । नयाँ मोटोरोला ई प्लसलगायत अन्य उत्पादनहरु मात्र एक रुपैयाँमा जित्न सक्ने कम्पनीले जनाएको छ। मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोला जीप्ले दराजमार्फत सार्वजनिक गर्ने जनाएको छ ।
कार्डमार्फत भुक्तानी गर्दा १२ प्रतिशत अतिरिक्त छुट र निशुल्क होम डेलिभरी दिने कम्पनीले जनाएको छ । कम्पनीले सलाना, भिर जिन्स, र जे फिशर जस्ता अन्य धेरै नेपाली ब्रान्ड र उत्पादनहरूमा राम्रो छुट दिने जनाएको छ । कम्पनीका प्रवन्ध निर्देशक लिनो अलरिङले कम्पनीको उद्यमले साना उद्योगी र स्थानीय बिक्रेताले लाभ पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्