रसुवागढी हाइड्रोपावरले बोलायो आठौं वार्षिक साधारण सभा «

रसुवागढी हाइड्रोपावरले बोलायो आठौं वार्षिक साधारण सभा

रसुवागढी हाइड्रोपावर कम्पनीले पुस २० गतेको लागि आठौं वार्षिक साधारणसभाको मिति तय गरेको छ ।
कम्पनीको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको धुम्बाराही कार्यालयको सभाहलमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते आइतवार (एक दिन) बुक क्लोज गर्ने बताएको छ । यस आधारमा पुस ९ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्