हुलास स्टील इन्डस्ट्रिजको साधारणसभा पुस १५ गते «

हुलास स्टील इन्डस्ट्रिजको साधारणसभा पुस १५ गते

हुलास स्टील इन्डस्ट्रिज लिमिटेडको ३९औं वार्षिक साधारणसभा आगामी पुस १५ गते हुने भएको छ ।
सभा काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुने भएको हो । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६-०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, २०७७-०७८ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, व्यावसायिक सामाजिक जिम्मेवारीका लागि छुट्याइएको रकम अनुमोदन गर्ने, सञ्चालकहरुको पारिश्रमिक निर्धारण गर्ने र विविध विषयमा छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्