नवनिर्वाचित नेउवमहासंघ सदस्यको सम्मान «

नवनिर्वाचित नेउवमहासंघ सदस्यको सम्मान

वीरगञ्जको गण्डक क्षेत्रमा अवस्थित कलक्र्स रिसोर्टले वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्तालाई स्वागत एवम् सम्मान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा एवम् निर्वाचनबाट कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएसँगै सम्मानस्वरुप स्वागत समारोहको आयोजना गरेका हुन् ।
कलक्र्स रिसोर्टका अध्यक्ष सुनिलकुमार खेतानले स्वागत मन्तव्यको क्रममा वीरगञ्जमा पछिल्लो समय वीरगञ्ज लगायत यस क्षेत्रमा सञ्चालित होटलहरुभन्दा भिन्न र पृथक पहिचान सहित अत्याधुनिक एवम् सम्पूर्ण सुविधा उपलब्ध गराउने गरी सञ्चालनमा आएको कलक्र्स रिसोर्ट ग्राहकहरुको पहिलो रोजाइमा पर्ने विश्वास व्यक्त गर्दै निकट भविष्यमै निर्माण गर्न बाँकी पूर्वाधार सम्पन्न गर्ने गरी कार्य भइरहेको बताए । उनले निजी क्षेत्रको सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनुलाई यस क्षेत्रकै उद्योगी व्यवसायीहरुका लागि अत्यन्तै गौरवको विषय रहेको धारणा व्यक्त गरे ।
कोभिड–१९ को समयावधिमा अरु उद्योग व्यवसायको तुलनामा होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएकोले यस सेक्टरको प्रबद्र्धन एवम् विकासका लागि आवश्यक पहल एवम् समन्वयको लागि आग्रह गरे ।
वीउवासंघका अध्यक्ष केडियाले कलक्र्स रिसोर्टले आफुहरुको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै नेउवामहासंघको कार्यसमिति सदस्यमा आपूmहरुको चयनले मात्र सन्तुष्ट हुन सकिने नदेखिएकोले आगामी दिनमा नेउवामहासंघमा वीरगञ्जको बाक्लो प्रतिनिधित्वको आवश्यकता रहेको बताए ।
त्यस्तै नेपाल चामल, दाल, तेल उद्योग संघका केन्द्रीय अध्यक्ष एवम् वीउवासंघका वरिष्ठ उपाध्यक्ष गुप्ताले नेउवामहासंघमा वीउवासंघको प्रतिनिधित्व यस क्षेत्रको उद्योग व्यापारमा आउने समस्यालाई नेउवामहासंघ मार्फत् सम्बन्धित निकायमा राखी नीति निर्माणका क्रममा समावेश गर्न सजिलो भएको बताए । सम्मानित दुवै व्यक्तित्वहरुले निर्धारित समय सीमाभन्दा ढिलो सञ्चालनमा आएपनि कलक्र्स रिसोर्टले वीरगञ्जमा मात्र नभई यस प्रदेश–२ मै आफ्नो विशिष्ट पहिचान बनाउने धारणा राखेका थिए ।
केडिया जिल्ला तथा नगर उद्योग वाणिज्य (खुला) तर्फबाट र गुप्ता वस्तुगत संघको तर्फबाट नेउवामहासंघको कार्य समिति सदस्य पदमा निर्वाचित भएक हुन् ।

प्रतिक्रिया दिनुहोस्