वल्र्ड इकोनोमिक फोरमको बैठक सिंगापुरमा हुने «

वल्र्ड इकोनोमिक फोरमको बैठक सिंगापुरमा हुने

डाभोस-कोभिड–१९ ले वल्र्ड इकोनोमिक फोरम (डब्लूईएफ) को बैठक आगामी वर्ष डाभोसबाट सिंगापुर गर्ने निर्णय भएको छ । यसरी डाभोस बाहिर फोरमको बैठक स्वीट्जरल्यान्डको डाभोसमा नभएर अन्यत्र हुन लागेको दुई दसककै अवधिमा यो दोस्रो पटक हो ।
२०२१ को मे १३ देखि १६ सम्म हुन लागेको यो विशेष बैठकमा विश्वका राजनीतिज्ञ र व्यवसायीक नेतृत्व सिंगापुरमा भेला हुने भएको आयोजनकले सोमबार विज्ञप्तिमार्फत् बताएका छन् । यद्यपि २०२२ मा भने यस किसिमको बैठक पुनः स्वीट्जरल्यान्डमै हुने योजना बनाइएको छ ।
“बैठकको स्थानमा गरिएको परिवर्तन विशेषगरी सहभागीहरु र आयोजक समुदायको स्वास्थ्यको सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको हो,” जारी विज्ञप्तिमा उल्लेख छ । यो बैठकले विश्वव्यापी महामारीमा सुधार गर्ने विषयलाई पहिलो पटक सम्बोधन गर्नेछ ।
सामान्यतया यो बैठक जनवरीमा हुने गरेको भएपनि यो वर्ष भने मेका लागि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्