टेस्ला ६ खर्ब डलर बजार पुँजीकरण भएको समूहमा «

टेस्ला ६ खर्ब डलर बजार पुँजीकरण भएको समूहमा

वासिङटन-अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको मूल्य सोमबार पहिलो पटक ६ खर्ब ८ अर्ब डलर पुगेको छ । कम्पनीको मूल्य २०२० मा निरन्तर उकालो लागेपछि मूल्य पनि बढेको हो ।
यो बाहेक ६ खर्ब डलर लाघेका कम्पनीहरुमा एप्पल, माइक्रोसफ्ट, अमेजन र फेसबुक रहेका छन् ।
यो वर्षको हाल सम्मको अवधिमा टेस्लाको सेयर मूल्यमा ६६० प्रतिशतले वृद्धि भइसकेको छ । एस एन्ड पीको इन्डेक्स समितीले गत महिना कम्पनीको सेयरलाई सूतिकृत गराउने घोषणा गरेपछि मात्रै कम्पनीको बजार पुँजीकरणमा २२० अर्ब डलरले वृद्धि भएको छ ।
सूचीकृत गराउने घोषणापछि कम्पनीको सेयर मूल्य प्रति सेयर ६४१.७६ डलरको उचाइमा पुगेको छ ।
टेस्लाको सेयर मूल्य आकासिएसँगै कम्पनीका सीईओ एलन मस्कले विश्वकै दोस्रो धनीमा बिल गेट्सलाई उछिनेका छन् । उनले यो वर्ष आफ्नो सम्पत्ति १०० अर्ब डलर नघाएका छन् ।

प्रतिक्रिया दिनुहोस्