सिप्रदीद्वारा पोखरामा मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती «

सिप्रदीद्वारा पोखरामा मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी टे«डिङ्ग प्रालिको संयुक्त परियोजनामा, नेपालको पर्यटकीय स्थल पोखराको राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको कम्पनीले जनाएको छ ।
म्याक सर्भको उद्घाटन कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशनकुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण केसीको उपस्थितिमा सम्पन्न भयो ।
म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । वर्कशपमा ग्राहकहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्नुहुनेछ । यस वर्कशपले विभिन्न ब्राण्डका जेन्युइन पार्टपूर्जाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा यही डिसेम्बरभर वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरुमा १० प्रतिशतसम्मको छुटको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्