ज्याला बढाउन माग राख्दै मजदुर आन्दोलित «

ज्याला बढाउन माग राख्दै मजदुर आन्दोलित

संखुवासभाको मकालु–५ मा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा जुटेका मजदुर आन्दोलित बनेका छन् । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको निर्माण कम्पनी सतुलजले करिब ९ महिनाअघि मजदुरको ज्याला बढाउने सहमति गरे पनि हालसम्म पनि प्रक्रिया नथालेको भन्दै मजदुरले सोमबार बिहानैदेखि काम अवरुद्ध गरेको स्थानीय युवा नेता विमन पराजुलीले बताए । उनले मजदुरसँंग केही महिना अघि गरिएका सहमति कार्यान्वयन गरी काम अघि बढाउने वातावरण बनाउन स्थानीय प्रशासन र सरोकारवालासमक्ष आग्रह गरे ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले अरुण तेस्रो ड्यामसाइट मकालुको नुम दोभान, फ्याक्सिन्दा ड्यामसाइट र सुरुङ निर्माणमा खटिएका मजदुरले ज्याला बढाउन माग राख्दै काम अवरुद्ध गरेको खबर पाएपछि थप जानकारी लिई पुनः काम सुचारु हुने वातावरण तयार गर्न प्रशासन लागिपरेको बताए । अरुण तेस्रो सुरुङमार्ग र ड्यामसाइटको कामको जिम्मा भारतीय निर्माण कम्पनी जेपी एसोसिएट्सले लिएको छ भने चिचिलामा निर्माणाधीन चिचिला गाउँपालिका–२ मा पर्ने पावरहाउस निर्माणको कामको जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्