एनआईसी एसिया बैंकको भाइटीकाको उपहार

एनआईसी एसिया बैंकले नेपालीहरूको चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेकोमा शुभ–दीपावली तथा भाइटीकाको उपलक्ष्यमा ‘सोच बदलौं… भाइटीकाको उपहार स्वरूप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई १ सय रुपैयाँको बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटीकाको उपलक्ष्यमा ग्राहकले दिने दक्षिणा स्वरुपको रकम बैंकको मो बंैकबाट रकम ट्रान्सफर गर्दा १ सय रुपैयाँ बराबरको बोनस रकम प्राप्त गर्ने बैकले जनाएको छ । बोनस रकम दक्षिणाप्राप्त गर्ने ग्राहक महानुभावहरूले प्राप्तगर्न सक्नुहुने भन्दै बैंकले ग्राहकलाई ‘सोच बदलौं … भाइटीकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने योजनामा सहभागी हुन अनुरोध गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीर नाथ पाण्डेले बताए ।